११ श्रावण २०७८, सोमबार

जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि आज निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर कसको पक्षमा भनेर सनाखत गराएको छ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका छन्। समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ। यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले यादव पक्षलाई आधिकारिकता दिएको हो। पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका छन्।

तपाईंको प्रतिकृयाहरू