१० श्रावण २०७८, आईतवार

झापा प्रहरीले स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका–२ बेलाईतिवारी निवासी वर्ष ४६ को गौरी मण्डल ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार मन्डलले भारतबाट लुकाइछिपाइ रकम भित्र्याउने क्रममा शनिबार कुमरखोदमा पक्राउ परेका हुन् । आरोपीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

तपाईंको प्रतिकृयाहरू