१० श्रावण २०७८, आईतवार

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । करिब दुई साता बित्न लाग्दा पनि मन्त्रिपरिषद विस्तार हुन नसक्दा विभिन्न मन्त्रालयको काम प्रभावित हुन थालेका छन् ।
असार २९ गते आफ्नो नेतृत्वमा पाँच सदस्यी मन्त्रिपरिषद गठन गरेका देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए । तर, सत्तारुढ गठबन्धन दलहरुमै कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार अन्यौलमा परेको हो ।
विशेषगरी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव समूहको अनिर्णयका कारण मन्त्रिपरिषद विस्तार अन्यौलमा परेको हो ।
वरिष्ठ नेता एमाले नेपाल पक्षका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए । उपेन्द्र र महन्थका सबैले मत दिएका थिए । उनीहरु सबैलाई सरकारमा सहभागी गराएर अघि बढ्ने योजनामा प्रधानमन्त्री देउवा देखिएका छन् । तर, एमाले माधव नेपाल र जसपाको कानुनी र राजनीतिक अप्ठ्याराका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको हो ।

तपाईंको प्रतिकृयाहरू