७ श्रावण २०७८, बिहीबार

नेपालका १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की भाइबरमा पठाउनेको खोजी भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले त्यस्तो धम्की दिनेको पहिचान गर्न आइटी डिपार्टका कर्मचारी खटिसकेको बताएको छ।

बैंकका अनुसार भाइबरमा यस्ता फेक सूचना आएका हुन्। ह्याक गर्ने भनेर कुनै ह्याकरले इमेल गरेको होइन यद्यपी यो भाइबरमा आएको फेक धम्की हो।

।नेपाल राष्ट्र बैंकसहित चल्तिका १४ वाणिज्य बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने भन्दै बुधबार बेलुकी धम्की आएको थियो । अपरिचत व्यक्तिबाट फोन र इमेलबाट राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल र सूचना अधिकारी नारायण प्रसाद पोख्रेललाई धम्की आएको राष्ट्र बैंकले जनाएको छ ।

अपरिचत व्यक्तिबाट ह्याक गर्ने धम्कीसहित जिमेलमा इमेल आएको नेपाल राष्ट्र बैंकका अधिकारीले बताए ।
ह्याकरहरुले राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, बैंक अफ काठमाण्डु, नबिल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकमा इमेल आएको बैंकका अधिकारीले बताए

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट