४ श्रावण २०७८, सोमबार

२४ घण्टामा एक हजार दुई सय ५८ जना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३३ हजार तीन सय ३२ जना पुगेको छ । यस्तै थप ३२ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार पाँच सय ८२ जना पुगेको छ ।
अहिले नेपालमा २५ हजार आठ सय ३७ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये पाँच सय ६४ जनाको आईसीयू र एक सय ५५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट