१ असार २०७८, मंगलवार

सुनसरीको छुट्टा छुट्टै स्थानमा पानीमा डुबी २ जना बालिकाहरुको मृत्यु भएको छ । आईतबार बेलुका ४ बजे ईनरुवा नगरपालिका ७ का प्रदिप दनुवारको २ बर्षीया छोरी प्रसंसा दनुवार खेल्ने क्रममा घर अगाडी रहेको नहरमा डुबी उपचारको लागी बिराट मेडिकल कलेज टंकी मोरङ पु¥याउदा मृत्यु भई सकेको थियो । त्यस्तै आईतबार दिनको साढे ३ बजे सुनसरीकै बराहक्षेत्र नगरपालिका ५ ठिकि टोल का भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा अचानक डुबी बेहोस भई घोपा धरानमा लगी उपचारको क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट