१ असार २०७८, मंगलवार

पछिल्लो २४ घण्टामा नेपालमा पाँच हजार एक सय ४७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । आज निको भएकासँगै नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या पाँच लाख ३६ हजार दुई सय ५२ पुगेको छ ।
अहिले नेपालमा कोरोना सङ्क्रमण निको हुने दर ८७ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा दुई हजार नौ सय १८ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । नौ हजार चार सय ३८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४९ र पाँच हजार तीन सय ८१ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ६९ जनामा सङक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख १० हजार पाँच सय २१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट