२७ जेष्ठ २०७८, बिहीबार

ट्रस्टद्धारा त्रिशुली अस्पताललाई आई.सि.यु. बेड दिने निर्णय

यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टले ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीको उपस्थितिमा नुवाकोट जिल्ला म्यागङ गाउँपालिका ,किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिकाका स्थानिय तहका प्रमुख उप -प्रमुख वडा अध्यक्षहरुलाईअक्सिजन कनसनटेटर ९ थान माक्स १० हजार पिपिई २५ थान ट्रस्टका अध्यक्ष डा केदार नरसिंह के सीले एक कार्यक्रम विच आज हस्तान्तरण गर्नु भएको छ|
ह्स्तान्तरण कार्यक्रममा डा. के.सीले सामाजिक कामलाई राजनिति सँग जोड्नु हुदैन , मानव जगतमा परेको यो महामारीमा सवैलाई सवैले सकेको सहयोग गर्नुपर्छ भन्ने मुल मान्यता राखी कोभिड महामारीमा जिल्लामा अक्सिजनको अभाव हुन नदिन जिल्लाभित्र रहेको देउरालि प्राथमिक स्वास्थ्य केन्द्र ,खरानिटार अस्पताल ,प्राथमिक स्वास्थ्य केन्द्र ककनीमा २ महिना सम्म दैनिक ५र५ थान अक्सिजन सिलिन्डर उपलव्ध गराईरहेको बताए। साथै खरानिटार अस्पतालका स्वास्थ्यकर्मीहरुको लागी सर्जिकल माक्स ,प्राथमिक स्वास्थ्य केन्द्र देउराली लाई २५ सय थान सर्जिकल माक्स र सेनिटाइजर तथा त्रीशुली अस्पतालमा ५ हजार सर्जिकल माक्स र ल ढछ सय थान उपलव्ध गराईसकियको छ साथै जिल्ला को एकमात्र पुरानो अस्पताल त्रीशुलि अस्पताल लाइ आई.सि.यु. बेड उपलब्ध गराउने पत्रपनि सोहि अस्पताल का प्रमुख लाइ हस्तान्तरण गरियो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट