२७ जेष्ठ २०७८, बिहीबार

२४ घण्टामा देशभर २ हजार ८७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा बिहीबार गरिएको ९ हजार ९०१ पीसीआर परीक्षणमा २ हजार ८७४ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी, ५ हजार ३३७ एन्टिजेन परीक्षणमा ८७५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ६ लाख १ हजार ६८७ पुगेको छ ।
यस्तै, २४ घण्टामा ५ हजार २९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ५९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट