२७ जेष्ठ २०७८, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । उनले सात मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन् ।
उनले गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापालाई नियुक्त गर्न लागेका हुन् । थापा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ की श्रीमती हुन् ।
त्यस्तै वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडीलाई मन्त्री बनाउने भएका हुन् । रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैले राखेका छन् ।
त्यस्तै प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया, र वन राज्यमन्त्रीमा आशा विक रहेका छन् । मन्त्रीहरुको आजै साँझ शपथ राखिएको जनाईएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट