२४ जेष्ठ २०७८, सोमबार

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुगेको बताएका छन् ।
सत्ताको पछि भौँतारिँदै गर्दा प्रधानमन्त्री ओलीले चुरे ध्वस्त गराएर मधेस नै डुबाउन लागेको उनको आरोप छ । त्यस्तै साल्ट ट्रेडिङ मासेर देशमा आयोडिनयुक्त नुनको हाहाकार गराउने र ’बहुल राष्ट्र मुक्तिसंग्राम’ गर्न ओलीले सत्ताको साँचो सुम्पिएको उनले आरोप लगाएका छन् ।
सोमबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ’सत्ता होइन व्यवस्थालाई महत्त्व दिउँ भन्दै थिएँ । सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा रास्ट्रवादी केपी ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेस नै गुमाउने डुबाउने , साल्ट ट्रेडिङ मासेर आयोडिनयुक्त नुनको हाहाकार गराउने र “बहुल राष्ट्र मुक्तिसँग्राम गर्न “ सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुग्नुले रास्ट्रवाद र सदाचारको लगौँटी खुस्किसकेको थाहै पाएनछन् । ओली राष्ट्रवादको लगौटी विखण्डनको पगरी बनिसकेछन् ।’

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट