२४ बैशाख २०७८, शुक्रबार

उदयपुरको कटारी नगरपालिका ११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर १ जनाको ज्यान गएको छ ।
धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीरस्थित सडकमा बिग्रिएको थियो । सुमो बिग्रिए पछि गाडीबाट ओर्लिएर टिकटक बनाउने क्रममा धरान ५ का १८ बर्षीय सुभाष परियार भीरबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते परियारलाई उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट