२४ बैशाख २०७८, शुक्रबार

संघीय संसद सचिवालयका एक उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका–१ घर भई संसद सचिवालयमा काजमा कार्यरत उपसचिवको आज विहान निधन भएको हो । सांसदहरुको स्वाब संकलन गरेकै दिन बैशाख २२ मा उनको स्वाब संकलन गरिएको थियो।
स्वास्थ्यमा समस्या आएपछि विहान शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा मृत्यु भएको हो । उनको केही समयअघि पित्तथैलीको पत्थरीको अप्रेशन गरिएको बताईएको छ ।
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले पीसीआर परीक्षणका लागि स्वाब दिएका छन् ।
आज प्रधानमन्त्री ओलीसहित सचिवालयमा रहेका १०० जना कर्मचारीको स्वाब परीक्षण गरिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
आउदो २७ वैशाखमा प्रतिनिधिसभाको बैठक बस्ने भएकाले त्यसका लागि स्वाब संकलन गरिएको हो । संसद सचिवालयले सबै सांसदको कोरोना परीक्षण गरिसकेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट