२३ बैशाख २०७८, बिहीबार

संघीय संसदका सांसदसहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वाव संकलन गरिएका ६ सय ९ जनाको पिसिआर परीक्षण गर्दा यो रिपोर्ट आएको हो । संसद भवन नयाँ बानेश्वरमा संघीय संसदका सांसदहरू कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक लगायतको पिसिआर विधिबाट कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको थियो । हिजो १२८ जना सांसद र कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक समेत ४८१ जना गरि जम्मा ६०९ जनाको स्वाव संकलन गरिएको थियो ।
प्रतिनिधिसभाका चार जना सांसदलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट