२३ बैशाख २०७८, बिहीबार

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । एक मन्त्रीका अनुसार, बैठकमा विभिन्न मन्त्रालयका निर्णय, कोरोना संक्रमण नियन्त्रण र समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।
मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन् । त्यसअघि आजै प्रधानमन्त्री ओलीले आफू निकट स्थायी कमिटीको बैठक राखेका थिए । वैठकले बैसाख २७ को संसद वैठकबाट प्रधानमन्त्रीले विश्वासको मत पाउने गरी अघि बढ्ने निर्णय गरेको छ ।
राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ लाई उम्मेद्वार तय गर्नेबारे ठोस निर्णय भने आजको स्थायी कमिटी वैठकले गर्न सकेन । तर, राष्ट्रिय सभाको उपनिर्वाचनमा बादललाई उम्मेद्वार बनाउने एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले घोषणा गरिसकेका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट