२१ बैशाख २०७८, मंगलवार

भारतमा हरेक दिन ४ लाखभन्दा बढी कोरोना संक्रमित थपिन्छन ।
नेपालमा पनि सात हजारभन्दा बढी थपिन थालेका छन । अवस्था भयावह बन्दै छ । आम नागरिक भयभीत छन । राज्यका संयन्त्रहरू संक्रमण रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा प्रभावकारी हुन सकेका छैनन ।
यो स्थिति रातारात आएको भने होइन । यसमा सरकार, सरकारी संयन्त्र, राजनीतिक दलदेखि आम नागरिकसमेतको लापरबाही छ । कोरोनालाई ख्यालख्याल ठान्दा नै यो स्थिति निम्तिइएको हो ।
भारतको बंगाल खाडीको हावाले नेपालमा पानी पर्ने, राजस्थानको धूलोले यहाँ प्रदूषण हुने, भारत हुँदै आएको सलहले यताका खेतीलाई ध्वस्त पार्ने दृष्टान्त हुँदाहुँदै सीमापारि कोरोना संक्रमण भयावह भइरहँदा यता रोकथाम, नियन्त्रण र उपचारका लागि तयारी नगर्नु मूर्खता सावित भएको छ । सरकारले कोभिड–१९ को पहिलो लहरसँग जुध्न २०७६ चैत ११ गते लकडाउन गरेको थियो । भारतमा त्यसअघि नै संक्रमण फैलिएर ठाउँठाउँमा लकडाउन गरिएको थियो । सीमा नाका सिल गरेर नेपाल–भारत आउजाउ बन्द गरिएको थियो । त्यस बेला नाकामा हजारौंले सास्ती बेहोर्नुप¥यो । कतिपय लुकीछिपी भित्रिए । भारतमा कोरोनाको दोस्रो लहर सुरु हुँदा गत वर्षकै जस्तो स्थिति यता पनि आउँछ भनेर सावधानी अपनाउन ध्यान दिइएन ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट