१९ बैशाख २०७८, आईतवार

लुम्बिनी प्रदेशमा शंकर पोखरेलले राजिनामा दिएर पनि पुनः मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका १ जना सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन् भने अरु २ जनाले साथ छाडेका छन् ।

जसका कारण पोखरेल थप संकटमा फसेका छन् । कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दूगनारायण पाण्डेय राजीनामा दिएका छन् भने कपिलवस्तु–२ (२) का धर्म बहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेर विपक्षी गठबन्धनतिर लागेर हस्ताक्षर गरेका छन् । उनीहरुको हस्ताक्षर लगेर माओवादी , नेपाली कांग्रेसका सांसदहरुको टोली प्रदेश प्रमुखको कार्यालयमा आज पुगेका छन् । आजै एकिकृत हुदाको नेकपाबाट निवाएर्चित विमला ओलीले पनि माओवादी केन्द्रलाई आफ्नो दल छनौट गर्नुभएको थियो ।
प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले संविधानको धारा १६८ (१) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपनि विपक्षी गठबन्धनले विरोध गरिरहेका छन् । नियुक्तिको विषयमा लिएर ४२ जना सासंदहरुले हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएको नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्ध खानले बताए । उनले प्रदेश प्रमुखले विधि र विधान बसेर काम गर्नु पर्ने र पोखरेलको पुनर्नियुक्ति बदर गर्नुपर्ने माग रहेको बताए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट