१९ बैशाख २०७८, आईतवार

पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । हिजो मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।
यसैगरि यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । यो संगै नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३३ सय २५ जनाले ज्यान गुमाइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट