३१ चैत्र २०७७, मंगलवार

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अहिलेकै अवस्थामा कोरोना संक्रमण बृद्धि भएमा असारसम्म ६ लाख संक्रमित पुग्ने अवस्था आउने प्रक्षेपण मन्त्रालयले गरेको जानकारी दिए। उनले भने ‘हाम्रोमा नयाँ भेरिएन्ट समेत समुदायमा पुगिसकेको छ र भारतबाट आउने मानिसको संख्या पनि बढ्दै गएको छ। जसले गर्दा असार सम्ममा दैनिक ११ हजार सम्म संक्रमित देखिन सक्ने हाम्रो अनुमान छ। त्यही अनुसार तयारी थालेका छौं।’
हाल समुदायमा नयाँ भेरिएन्ट पुगेको र नयाँ भेरिएन्ट पहिलेको भन्दा आक्रमक रहेको मन्त्री त्रिपाठीले बताए। अहिले संक्रमित एक जनाले ४० जना सम्मलाई सारेको भेटिएकोले बताए।
यस्तै कोभिड–१९ को संक्रमण बढेसँगै सरकारले प्रमुख सहरका विद्यालयको पठनपाठन अनलाइनबाट गराउने तयारी गरेको छ।
सरकारले सीमा नाकामा हजार जना सम्म अट्ने होल्डिङ सेन्टर बनाउने तयारी थालेको छ। छिमेकी भारतमा कोरोना संक्रमण बढ्दै गएको र भारतमा विभिन्न कामको शिलशिलामा गएका नागरिक घर फर्कने संख्या बढ्दै गएकाले होल्डिङ सेन्टर बनाउने तयारी थालेको मन्त्री त्रिपाठीले बताए।अहिलेकै अवस्थामा संक्रमण बढ्दै गए जेठ अन्तिमदेखि असार सम्ममा दैनिक ११ हजार सम्म कोरोनाका सक्रमित देखिन सक्ने सरकारले अनुमान गरेको छ।
हाल कोरोनाको दोस्रो लहर सुरू भएको र अहिलेकै अवस्थामा संक्रमण बढ्दै गए दैनिक ११ हजार र असार सम्ममा ६ लाख सम्म संक्रमितको संख्या पुग्न सक्ने सरकारले अनुमान गरेको हो।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट