३० चैत्र २०७७, सोमबार

नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वैशाख ६ गते ११ बजे बालुवाटारमा बैठक बोलाउनुभएको छ ।
अध्यक्ष ओलीको मन्तव्य, राजनीतिक प्रतिवेदन पेस, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचन तयारी, समसामयिक प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने बागमती प्रदेश सहइञ्चार्ज शेरबहादुर तामाङले जानकारी दिए ।
ओलीले आफूलाई साथ दिनेहरुलाई विभिन्न जिम्मेवारी दिने तयारी पनि गरेका छन् ।
गएको ७ चैतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यविभाजनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको थियो । आगामी बैठकमा नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने तयारी छ । गएको ५ पुसमा प्रतिनिधिसभा विघटनको निर्णयमा साथ दिने नेताहरुलाई सांगठनिक जिम्मेवारी दिने गरी प्रस्ताव तयार पारिएको एक नेताले बताए । ओलीले बोलाएको केन्द्रीय कमिटी वैठकमा नेपाल–खनाल समूह जाला कि नजाला चासो बढ्न थालेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट