२५ चैत्र २०७७, बुधबार

अमेजन मालिक जेफ बेजोस सन् २०२१ का विश्वकै धनी व्यक्ति घोषित भएका छन् ।
फोर्ब्सले प्रकाशित गरेको सूचीअनुसार यस वर्ष उनको कूल सम्पत्ति १७७ बिलियन अमेरिकी डलर पुगेको छ । गत वर्ष पनि १ नम्बरमै थिए ।
रकेट कम्पनी स्पेस–एक्स र कार उत्पादक टेस्ला कम्पनीका मालिक इलोन मस्क धनाढ्य सूचीको दोस्रो स्थानमा छन् । उनको सम्पत्ति १५१ बिलियन डलर छ । फोब्र्सको ३५ औं वार्षिक सूचीमा ४९३ जना नयाँ अर्बपति थपिएका छन् । उनीहरुमध्ये २१० जना चीन र हङकङका छन् ।
सूचीको तेस्रो नम्बरमा पेरिसका लक्जरी वस्तु उत्पादक धनाढ्य बर्नान्ड आर्नोल्ट छन् । माइक्रोसफ्ट मालिक बिल गेट्स चौंथो स्थानमा छन् भने फेसबुक संस्थापक मार्क जुकरबर्ग ९७ बिलियन डलरसहित पाँचौ स्थानमा छन् ।
वारेन बफेट छैठौ, ल्यारी एलिसन सातौं, गुगल मालिक ल्यारी पेज आठौं, गुगलकै सर्जी ब्रिन नवौं र भारतीय धनाढ्य मुकेश अम्बानी ८४.४ बिलियन डलरसहित दशौं स्थानमा छन् । अम्बानी एसियाकै धनी व्यक्तिको रुपमा दरिएका छन् ।
सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरीको स्थान निकै खस्किएको छ । उनी गत वर्ष १५१३ स्थानमा रहेकोमा यसपालि २ हजार १४१ औं स्थानमा ओर्लिएका छन् । उनको सम्पत्ति भने १ं.४ बिलियन डलरमा स्थिर देखिएको छ ।
यसैबीच, फोर्ब्सको ताजा सूचीअनुसार संसारभर दुई हजार सात सय ५५ जना अर्बपति रहेका छन्। एक वर्षअघिभन्दा यो ६ सय ६० जना बढी हो। यी सबैको कुल सम्पत्ति नै १ सय ३१ खर्ब अमेरिकी डलर पुग्ने फोर्ब्सले जनाएको छ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट