२५ चैत्र २०७७, बुधबार

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३९ जना कोरोनाका नयाँ बिरामी फेला परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १ सयको नमुना पिसिआर परीक्षण गरिएको हो। जसबाट २ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी एक हजार ४० जनामा भने एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। हाल देशभर २ सय १ जना कोरोना संक्रिया संक्रमित रहेका मन्त्रालयले जनाएको छ।
विदेशबाट आउनेलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्न व्यवस्था मिलाइदिन मन्त्रालयले आग्रह गरेको छ । एन्टिजेट परीक्षणमा जोड दिन बढी भीडभाड हुने ठाउँ र विद्यालयजस्ता क्षेत्रमा स्वास्थ्य संयमता अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ।
सार्वजनिक स्थान र घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट