२५ चैत्र २०७७, बुधबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिसामु आत्मसमर्पण गरेको बताएका छन् ।
आजसल्यानमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले संसद् विघटन गरेर ओलीले विदेशी शक्तिसामु आत्मसर्पण गरेको बताए ।
उनले ओलीले अहिले संविधान च्यात्ने काम शुरु गरेको बताए । कम्युनिष्ट पार्टीका नेताहरू कम्युनिष्ट पार्टी विघटन गरेको घटना स्मरण गर्दै उनले नेपालमा ओलीले जनताको अधिकार कुल्चिने काम गरेको आरोप लगाए । ‘केपी ओली नामको व्यक्तिद्वारा संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र समृद्धिको सपना किल्चिदिने र विदेशी शक्तिकासामु आत्मसमर्पण गर्ने घटना घट्यो’, उनले भने ।
त्यस्तै सर्वोच्च अदालतले नेकपा नाम विवादमा एमाले–एमाले र माओवादी–माओवादी भनेर भन्न नहुने प्रचण्डको भनाइ छ । उनले अब जनताको तागतले नै शक्ति निर्माण गर्ने दावी गरे ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट