२३ चैत्र २०७७, सोमबार

वायु प्रदूषणको मात्रा ह्वात्तै बढ्दा राजधानी काठमाडौं पुन संसारकै पहिलो नम्बरको प्रदूषित शहर बनेको छ ।
यसअघिको वायु प्रदूषण केही दिनअघिको वर्षातले केही सफा भए पनि हिजोदेखि बढेको प्रदूषण आज झनै उकालो लागेको हो । ए क्यु ए आइ आर का अनुसार आज बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ मापन हुँदा यो शहर संसारकै धेरै वायु प्रदूषण भएको सूचीमा पहिलो नम्बरमा रहन पुगेको हो ।
यद्यपि, नेपालमा आज बिहान सबैभन्दा धेरै वायु प्रदूषण धनगढी (एक्युआई–४२९), चितवनको भरतपुर (एक्युआई ३९८) र ललितपुरको भैंसेपाटी (एक्युआई ३२५) रह्यो । एक्वुआई ५० भन्दा माथि हुनुलाई क्रमशः वायु प्रदुषणको मात्रा बढ्दै गएको बुझिन्छ ।
नेपालमा पानी नपर्नु, डढेलो, धुँवा, धूलो जस्ता कारणले प्रदूषण बढेको विज्ञहरुले बताएका छन् । विज्ञहरूले यस्तो समयमा सकभर घरबाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्न सुझाएका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट