२२ चैत्र २०७७, आईतवार

प्रहरी नियमावली संशोधन हुने भएको छ ।
जुनियर प्रहरी अधिकृत बढुवाको हकमा नियमावली संशोधन हुन लागेको हो । संशोधनपछि रिक्त पदमा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ । जुनियर प्रहरी अधिकृतको हकमा रिक्तमध्ये ५० प्रतिशत पदपूर्ति अन्तरिक र ५० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुनेछ । गृह मन्त्रालयले सोहीअनुसार संशोधित नियमावलीको मस्यौदा अघि बढाएको छ ।
गृह प्रवक्ता चक्रबहादुर बुढाले जुनियर प्रहरी अधिकृत बढुवाको हकमा संशोधित नियमावलीको मस्यौदा अघि बढेको जानकारी दिए । ‘नेपाल प्रहरीमा विशेष गरी जुनियर प्रहरी अधिकृतको बढुवाको हकमा केही समस्या थियो । यसलाई केही हदसम्म समाधान गर्न मस्यौदा संशोधन हुने भएको छ । छलफलपछि प्रक्रिया अघि बढेको छ । त्यसको स्वरूपबारे केही समयपछि सार्वजनिक होला,’ उनले भने ।
हाल प्रहरी नियमावली ०७१ अनुसार जुनियर प्रहरी अधिकृतको पदपूर्ति हुँदै आएको छ । प्रहरीमा असइ र सइलाई जुनियर प्रहरी अधिकृत मानिन्छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट