१० फाल्गुन २०७७, सोमबार

पछिल्लो तीन महिनामा नेपालले ४० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागका अनुसार कात्तिकदेखि पुससम्म कुल ४० जना नागरिकलाई नेपालले निष्काशन गरेको हो ।
यो अवधिमा १९ जना चिनियाँ नागरिक नेपालबाट निष्कासनमा परेका छन् । विभागका अनुसार ओभस्टेको कसुरमा बढी चिनियाँ नागरिक नागरिक नेपालबाट निकालिएका छन् ।
यो अवधिमा नेपालबाट १३ जना नागरिक ओभरस्टेको कसुरमा देश निकालामा परेका छन् । यो अवधिमा ४ जना अमेरिकी नागरिक निष्काशनमा परेका छन् । जसमा ३ जना ओभरस्टेका कारण निकालिएका हुन् । एक जना भने लागुऔषधको कसुरमा निकालिएका छन् । अष्ट्रेलिया, यमन र पाकिस्तानका २र२ जना नागरिकलाई नेपालबाट निकालेको छ । फ्रान्सका दुई नागरिक समेत ओभरस्टेका कारण निकालिएका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट