१० फाल्गुन २०७७, सोमबार

पछिल्लो २४ घण्टामा नेपालमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ३ हजार ६ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा १ सय २५ जनामा कोरोना पुष्टि भएको हो।
यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ४३ हजार ३ सय १५ पुगेको छ।
गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट