९ फाल्गुन २०७७, आईतवार

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष ३१ देश ६३ वटा चलचित्रहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष नियमित रुपमा महोत्सवको आयोजना गर्दै आएको छ ।
आयोजक संस्थाका अध्यक्ष केपी पाठकले एक बिज्ञप्ती जारी गर्दै महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० चलचित्र प्राप्त भएको जनाएको छ । आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरु मध्येबाट ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रस्तिस्पर्धाको लागि छनौट गरिएको बताइएको छ ।
महोत्सव २०७८ बैशाख २३ देखि २७ सम्म काठमाडौं आयोजना हुनेछ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट