२० माघ २०७७, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले २७५ जनाको हस्ताक्षरसहित निर्वाचन आयोगमा दलको आधिकारिकताको दाबी पेस गरेको छ ।
आज राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४३ अनुसार पार्टीका नाम, चुनाव चिह्न, झण्डा आदि मागदाबी गर्दै निवेदन दर्ता गरेर फर्किएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।
‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेतासहित २० जनाको समूह निर्वाचन आयोगमा पुगेर आधिकारिक माग दाबीसहितको निवेदन प्रस्तुत गरेका छौं’, खनालले भने, ‘यसअघि, हामीले विवरण अद्यावधिक गर्न भनेका छौँ । आधिकारिकता दाबी पहिलोपल्ट गरेका हौंं ।’
खनालका अनुसार प्रचण्ड–नेपाल समूहले पुस ५ गतेयता बसेका दुईवटा केन्द्रीय कमिटीको बैठकको निर्णय, त्यसको प्रतिलिपि, तेस्रो केन्द्रीय कमिटी बैठक उपस्थित दुईतिहाइ केन्द्रीय सदस्यको हस्ताक्षर, पुस १९ गते बसेको केन्द्रीय कमिटीको चौथो बैठकको निर्णयसहित अधिकारिकता–दाबी गरिएको उनले जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट