१९ माघ २०७७, सोमबार

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपा विवादमा कसैलाई आधिकारिकता नदिने र चुनाव चिन्ह सूर्य पनि फ्रिज गर्ने षडयन्त्र भइरहेको बताएका छन्।
आज राजधानीको कार्की ब्यांकेटमा बसेको उक्त समूहको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले यस्तो षडयन्त्रले चुनौती थपिएको बताए।
अर्को समूहको नेतृत्वको गरिरहेका केपी शर्मा ओलीसँग एक चौथाइ पनि केन्द्रीय सदस्य नभएको उल्लेख गर्दै नेपालले आफूहरूलाई आधिकारिकता नदिने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।
यसअघि निर्वाचन आयोगले ओली समूहले बनाएको १५ सय सदस्यीय केन्द्रीय समिति र प्रचण्ड(नेपाल समूहले नेपाललाई बनाएको अध्यक्षलाई अमान्य भनिदिएको थियो।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट