१३ माघ २०७७, मंगलवार

सरकारले भोलि देखि देशभर कोरोना भाइरस विरुद्धको खोप अभियान (पहिलो चरण) अघि बढाउँदैछ ।
कोरोनाको खोप लगाए पछि स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिए सरकारले निःशुल्क उपचार गर्ने जनाएको छ । पहिलो चरणको खोप अभियान अस्पतालहरूमा सञ्चालन हुनेछ ।
खोप लगाउँदा स्वास्थ्य समस्या आए जुन ठाउँमा खोप लगाइएको हो, सोही ठाउँमा उपचार हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।
मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीले खोप लगाए पछि स्वास्थ्यमा समस्या आए उपचार गर्न समस्या नभएको तर पहिलो चरणको खोप अभियान भएकाले धेरै स्वास्थ्यकर्मीलाई परामर्शको आवश्यकता रहेको बताउनुभयो । उहाले भन्नुभयो, ‘पहिलो चरणको खोप सबै स्वास्थ्य संस्थाबाट लगाइने भएकाले समस्या आए खोप लगाएकै ठाउँमा उपचार हुन्छ, तर खोपबारे स्वास्थ्यकर्मीलाई अझै धेरै परामर्श दिन आवश्यक देखिएको छ ।’
नेपालमा दी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड खोप लगाउन लागिएको हो । सरकारले नेपालमा कोरोनाविरुद्ध खोप प्रयोगका निम्ति आवश्यक निर्देशिका तयार गरिसकेको छ ।
खोप लगाएपछि निश्चित समयसम्म स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्छ भने समस्या देखिए निर्देशिकामा उल्लेख भएअनुसार सावधानी अपनाउनुपर्छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट