८ माघ २०७७, बिहीबार

गत वर्ष चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको समयमा नेपाल र चीनको बीचमा भएका केही सम्झौताहरुको बारेमा अमेरिकाले नेपालसँग प्रश्न सोधेको छ ।
आज हुदै गरेको मानव अधिकार परिषद्को बैठकको पूर्व सन्ध्यामा अन्य केही मुलुकसँगै अमेरिकाले केही प्रश्नहरु पठाएको छ । परिषद्को तेस्रो आवधिक बैठकमा यि प्रश्नहरुबारे छलफल हुनेछ । सो बैठकलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सम्वोधन गर्ने कार्यक्रम छ । सो बैठकमा १०० भन्दा बढी मुलुकहरुले बोल्ने कार्यक्रम रहेको छ ।
अमेरिकाले चीनसँग भएको सीमा व्यवस्थापन प्रणाली, पारस्परिक कानुनी सहायता सम्झौता र चीनसँग गर्न लागिएको सुपुर्दगी सन्धिकोे पछिल्लो अवस्थाको बारेमा प्रश्न गरेको छ ।चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणको समयमा सीमा व्यवस्थापन प्रणाली र कानुनी सहायतको बारेमा सहमति भएको थियो भने सुपुर्दगी सन्धिको बारेमा भने सहमति हुन सकेको थिएन । सुपुर्दगी सन्धि नेपालमा रहेका तिब्बती शरणार्थीहरुप्रति लक्षित हुनसक्ने भन्दै अमेरिकाले चासो प्रकट गरिरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट