८ माघ २०७७, बिहीबार

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै नेपाली कांग्रेसले पुस १३ गते १६५ वटा निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।
अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेका छन् ।
नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भन्दै आएको छ ।
यसैक्रममा धरान उपमहानगरपालिकाका २० वटै वडामा कांग्रेसले प्रर्दशन गर्दैछ । धरानका सबै वडाहरुमा आन्दोलनको स्वरुप देखिनेगरी घरदैलो अभियान, मोटरसाईकल र्याली, कोणसभा, पैदल हिडेर वडा परिक्रमा लगायतका कार्यक्रमहरु गर्दै गरेको नेपाली कांगे्रस नगर समितिका सचिव श्याम पोखरेलले जानकारी दिए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट