८ माघ २०७७, बिहीबार

जो बाइडनले हिजो ४६ औं अमेरिकी राष्ट्रपतिको शपथ लिएका छन् ।
अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा जित हात पारेका बाइडनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले सपथ ग्रहण गराएका हुन् । सपथग्रहण समारोह वासिङटन डीसीस्थित यूएस क्यापिटलमा भएको थियो ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण शपथ ग्रहण समारोहमा सीमित व्यक्तिलाई मात्र प्रवेश दिइएको थियो भने दुई साताअघि भएको हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
यसपटकको शपथग्रहण समारोह भने यसअघिको भन्दा फरक देखिएको थियो । समारोहमा डोनाल्ड ट्रम्प सहभागी भएनन्

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट