८ माघ २०७७, बिहीबार

नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज धन बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले आज जानकारी दिएको छ ।
विकले मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।
उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार र को २४ प ४००५ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।
विकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई हातहतियार खरखजना कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट