२८ पुष २०७७, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा सानो ठूलो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताउनुभएको छ ।
भारतीय सञ्चारमाध्यम जी न्यूजका सम्पादक सुधीर चौधरीसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले दुई देशका प्रधानमन्त्रीबीच पनि उमेरमा घटी बढी भए पनि दुबैको बराबर हैसियत भएको बताए ।
नक्साको विषय पनि संवादबाट सुल्झाउन सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । अहिले नेपाल र भारतको फरक–फरक नक्सा भए पनि भोलि निर्क्योल हुँदाको दिन एकै प्रकारका नक्सा बन्ने उहाले बताउनुभयो । ओलीले भारत र चीनबीच सम्बन्ध सुमधुर बनाउन आफूले मध्यस्थता गर्न सक्ने भन्दै ओलीले आफू सी जिनपिङ र मोदीसँग पनि कुरा गर्न सक्ने र त्यसको लागि तयार रहेको बताउनुभयो ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको स्पष्ट पार्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट