२६ पुष २०७७, आईतवार

धनकुटामा आइतबार(आज) बिहान ट्याक्टरले किच्दा विद्यालय जाँदै गरेकी एक छात्राको मृत्यु भएको छ ।
धनकुटा–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्वरको ट्याक्टरले किच्दा धनकुटा–८ पेलेकपाङ्गकी १५ बर्षीया रेविका आठपहरिया राईको घटनास्थलमै मृत्यु भएको हो ।
सिरवानीस्थित त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत रेविकालाई विद्यालय जाँदै गर्दा ट्याक्टले किचेको हो । सोही विद्यालयमा कक्षा ५ मा अध्ययनरत बहिनी लोजिनालाई लिएर विद्यालय जाँदै गर्दा ट्याक्टरले किचेर रेविकाको मृत्यु भएको हो ।
निर्माणाधिन घरका लागि बालुवा ल्याएर घोप्टाउँने क्रममा ट्याक्टरको हाईड्रोलिक ट्रली पल्टिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । घटनापछि ट्याक्टर चालक सहिदभूमि–४ का २९ बर्षीय छत्रबहादुर विश्वकर्मा फरार भएका थिए । केही समयपछि उनी जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा पुगेका छन् । चालक विश्वकर्मा र ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट