२१ पुष २०७७, मंगलवार

घरायसी विवादमा ईलामको देउमाई नगरपालिका ८ आमबोटेका ३३ बर्षीय सुवास राईले श्रीमतिको हत्या गरेका छन् ।

उनलाई प्रहरीले २७ बर्षीया श्रीमति नम्रता राईको हत्या गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीका अनुसार आज बिहान साँढे ५ बजे सामान्य घरायसी वादविवादमा उनले श्रीमतिलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका थिए । घटनाबारे खबर पाएपछि प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको जनाएको छ । हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट अनुसन्धान अधिकृत सहितको टोली खटिएर अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट