१९ पुष २०७७, आईतवार

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले उचालेको छ ।
आज भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि उचालेको हो ।
प्रदेश १ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा पुरै ओभर खेल्दै ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् भने करुणा भण्डारीले अविजित रहदै २६ रन बनाइन् । यस्तै ओपनर ब्याटरले १४ रनको योगदान दिँदा अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा जितको नजिक पुगेर एपीएफ निराश हुन पुग्यो ।
बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री र अलिशा खडियाले २(२ विकेट लिए भने संगिता राईले १ विकेट लिइन् ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै ४ विकेट गुमाएर १०५ रन बनाएको थियो ।
उपाधिसँगै प्रदेश १ ले नगद पाँच लाख प्राप्त गर्दा उप( विजेता बनेको एपीएफले तीन लाख प्राप्त गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट