१८ पुष २०७७, शनिबार

नेपाल कम्युनिष्ट पार्टी नेकपा इलामको तेश्रो पुर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
जिल्ला कमिटीका बहुमत सदस्यहरु उपस्थित रहेको बैठकले पार्टी कमिटी परिचालन तथा संर्घष कार्यक्रम संयोजकको रुपमा भक्त केसीलाई जिम्मेवारी दिएको छ । केसीले पार्टी परिचालनका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध हुने कार्यक्रयको संयोजना गर्नेछन् । कार्यालय व्यवस्थापन समितीमा रणबहादुर राई, उदय राई र जेबी फिलिहाङलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ । आगामी पुष २५ गतेभित्र जिल्लाका सवै पालिकाहरुमा कार्यकर्ता भेला तथा प्रशिक्षणका कार्यक्रमहरु चलाउने निर्णय भएको कार्यालय सदस्य बिजय खम्बुले जानकारी दिए । बैठकले कार्यालय सचिवमा प्रकाश परियार र सोम शर्मालाई नियुक्त गरेको छ ।
नेकपा केन्द्रिय सदस्य एवम प्रदेश सांसद धिरेन्द्र शर्मा रमणको अध्यक्षतामा भएको बैठकमा नेकपा प्रदेश कमिटी सदस्य एवम प्रदेश सांसद खिनु लङ्वा लिम्बु, नेकपा प्रदेश सदस्यहरु उर्मिला तामाङ, मणीकुमार लिम्बु, ध्रुब श्रेष्ठ, नेकपा नेता प्रविन तिमसिना, राम राई लगायतको आतिथ्यता रहेको थियो । बैठकलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य शर्माले अहिलेको संसद विघटन असंवैधानि कदम भएकाले सबैले आआफनो तह र तप्काबाट यसको विरुद्ध संर्घष गर्ने आग्रह गरे ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट