१० मंसिर २०७७, बुधबार

महिला हिंसा विरुद्धको १६ दिने अभियान आज सुरु भएको छ । सन् २०३० सम्म जारी रहने सो अभियान हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म बनाईदै आएको छ ।

पुरुष तथा महिला बीचमा हुने असमानताको खाडल पुरेर महिलाको जीवनस्तर उकास्ने लक्ष्य सो अभियानले लिएको छ । गत वर्ष मात्र विश्वका २४ करोड ३० लाख महिला नजिकका पुरुष साथीबाटै हिंसा भोग्न बाध्य भएको संयुक्त राष्ट्रसंघको तथ्याङक छ । सो मध्ये ४० प्रतिशत महिलाले न्यायको साहारा लिएका थिए ।
पछिल्लो समय कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण घरेलु हिंसामा ५ प्रतिशतले बृद्धि भएको छ । साथै विद्यालय बन्द भएपछि विवाहका लागि दवाव खेप्ने र जागिर गुमाउने महिलामाथि दुव्र्यवहार हुने गरेको राष्ट्रसंघले जनाएको छ । सो कोरोना संक्रमण जोखिमका बीच विश्वका १ सय ३५ राष्ट्र महिला हिंसा विरुद्ध सशक्त रुपमा उभिएका छन् ।
नेपालले पनि दिवसका अवसरमा लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति, समाज र सबैको एक्येवद्धता भन्ने नारा तय गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट