११ आश्विन २०७७, आईतवार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड १९ को जोखिम कायमै रहेकाले वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । शिक्षा पत्रकार समाजले आयोजना गरेको भर्चुअल छलफलका क्रममा संक्रमितको संख्या बढ्ने क्रममै रहेकाले केही समय कुर्न आग्रह गर्नुभयो ।

मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेको उल्लेख गर्नुभयो । उहाँले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप सियुजीमा आबद्ध गराई सञ्चार सहजता बढाइएको बताउनुभयो ।
काठमाण्डौं उपत्यकाका विद्यालयले लामो समयदेखि विद्यार्थीसंगको सम्पर्क टुटेको भन्दै विद्यालय खुलाउने तयारी गरीरहेका बेला शिक्षा मन्त्री पोखरेलको यस्तो भनाई सार्वजनिक भएको हो । कतिपय जिल्लाका विद्यालयले अहिले सामाजिक दूरी कायम गरी प्रत्यक्ष सिकाइ शुरु गरीसकेका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट