८ आश्विन २०७७, बिहीबार

स्याङजाको वालिङमा पहिरोमा पुरिएर एकै परिवारका नौसहित १० जनाको ज्यान गएको छ ।
आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट पहिरो खसेको थियो ।
पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ–१४ का १४ बर्षीय विक्रम नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् भने एक बालकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई मात्रै जीवितै उद्दार गरिएको छ । उनको उपचारका लागि पोखरा लगिएको जनाइएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट