३ आश्विन २०७७, शनिबार

टि २० क्रिकेट लिगमा सर्वाधिक चर्चित प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपिएल) आजदेखि सुरु हुँदैछ ।
कोरोना माहामारीका कारण यस बर्षको आइपिएल युएईमा हुँदैछ ।
आज हुने उद्घाटन खेलमा गत सिजनको साबिक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किङग्स खेल्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुने छ ।
हाल सम्मको आइपिएलमा सबै भन्दा धेरै फाइनल खेलेका दुई टिम मुम्बई र चेन्नईबीचको यो उद्घाटन खेल रोचक हुने अपेक्षा गरिएको छ । यस खेललाई महेन्द्र सिंह धोनी भर्सेज रोहित शर्माको रुपमा पनि लिइएको छ ।
मुम्बई आइपिएल इतिहासमा सबै भन्दा धेरै उपाधि हात पार्ने टिम हो । मुम्बईले आइपिएलमा अहिले सम्म ५ पटक फाईन खेलेको छ । जसमा ४ पटक उपाधि हात पारेको छ । यता चेन्नईको पनि आइपिएलमा इतिहास राम्रै छ । चेन्नईले पनि तीन पटक आईपिएल उपाधि जितेको छ भने ८ पटक फाईनल खेलेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट