२ आश्विन २०७७, शुक्रबार

वैशाखयता प्राकृतिक प्रकोपमा परी मुलुकभर तीन सय ७४ जनाको मृत्यु भएको छ । चार सय २० जना घाइते भएका छन् भने एक सय एक बेपत्ता भएका छन् ।

‘राज्य व्यवस्था तथा सुशासन समिति’को बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले वैशाखयता प्राकृतिक प्रकोपबाट प्रभावित हुनेहरूको तथ्यांक दिनुभएको हो ।
यस वर्ष मनसुनबाट प्रभावित जिल्लाहरू ४९ पुगेको पनि थापाले जानकारी दिएका छन् । पूर्ण रूपमा क्षति भएका घरहरूको संख्या चार सय ८२ रहेको उनको भनाइ छ । ‘तत्काल राहत र नगदको रुपमा अहिलेसम्म पाँच करोड ६९ लाख रुपैयाँ उपलब्ध गराइएको समितिको बैठकमा गृहमन्त्री थापाले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट