२५ भाद्र २०७७, बिहीबार

नेपाल सरकारको आजका लागि तय भएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ।
पार्टीको बैठकको तयारीमा रहेका प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली व्यस्त भएपछि बैठक नबस्ने भएको जनाइएको छ । भोली नेकपाको सचिवालय बैठक बस्दै छ। मन्त्रिपरिषदको आगामी बैठकले सरकारको प्रवक्ता तोक्ने, विद्युत प्राधिकरणको कार्यकारीमा कुलमान घिसिङलाई नै निरन्तरता दिने वा नदिने लगायतका विषयमा निर्णय गर्ने बताइएको छ। सञ्चारमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडा मनोनित अवधि सकिएपछि सरकारको प्रवक्ता तोकिनु बाँकी छ । बैठक भोलिका लागि डाकिएको जानकारी आएको ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सल्लाहकार दयानीधि भट्टले जानकारी दिए।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट