२० भाद्र २०७७, शनिबार

झापाको झिलझिलेमा मृत फेला परेका गोमनसिंह मगरको आफ्नै साथीले घाँटी रेटेर हत्या गरेको खुलेको छ ।
२८ वर्षीय मगरको गत भदौ १६ गते घाँटी रेटेर हत्या गरिएको थियो । अनुसंधानका क्रममा पक्राउ परेका मनकुमार लिम्बुले हत्या गरेको स्वीकार गरेका छन् । लिम्बुलाई पक्राउ गरी थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । हत्यापछि मगरको शब सडक किनारमै फालिएको थियो ।
दुईजनाबीच लेनदेखको बिषयमा बिवाद हुँदा हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट