२० भाद्र २०७७, शनिबार

लगातारको लकडाउनका कारण विपन्न परिवारको जीवन निर्वाहमा समस्या भएको भन्दै झापाको दमकमा पनि क्लब हिमालयन टाइगर नामको संस्थाले फुड बैंक सञ्चालनमा ल्याएको छ।
क्लबले विभिन्न खाद्य लगायतका दैनिक उपभोग्य सामग्री नगरका विभिन्न स्थानमा पुगेर वितरण गर्दै आएको छ। गत भदौ ११ गते सुरु भएको फुड बैंकलाई मोबाइल बैंकका रुपमा विभिन्न स्थानमा लैजाने गरिएको क्लबका महासचिव कुमारबाबु गजुरेलले जानकारी दिए।
सामाजिक दूरी कायम गर्दै संस्थाले दैनिक उपभोग्य दाल, चामल, तेल, साबुन स्वायबिन, मास्क तथा महिलाहरुलाई प्याडसमेत वितरण गर्ने गरिएको छ। ’हुनेले दिएर जाऊ, नहुनेले लिएर जाऊ’ भन्ने नारासहित कार्यक्रम थालिएको क्लबका अध्यक्ष रेवतचन्द्र भण्डारीले जनाएका छन्।
हालसम्म करिब २ सय परिवारलाई अत्यावश्यक सामग्री वितरण गरिएको उनले बताए। फुड बैंक क्लबका सदस्य तथा केही स्वतस्फूर्त सहयोग गर्ने दाताको सहयोगमा सञ्चालन गरिएको हो। भदौ ११ बाट सुरु मोबाइल फुड बैंक दमकका विभिन्न चोकका साथै भुटानी शरणार्थी रहेको बेलडाँगीमा पनि सञ्चालन गरिएको छ। एक घरलाई ५ केजी चामल, एक केजी दाल, अधा लिटर तेल, आधा सोयाबिन, आधा केजी भुजा, महिलाहरुलाई प्याड, मास्कसमेत वितरण गर्ने गरिएको छ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट