२४ श्रावण २०७७, शनिबार

दाजुको हत्या अभियोगमा ताप्लेजुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका– ५ थुकिमाका ६२ बर्षीय फुर्वा ग्याबे शेर्पाको हत्या अभियोगमा मृतकका कान्छा भाई पेम्बा शेर्पा र नाताले भतिजी पर्ने पाशाङ ल्हामु शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै गोठमा मृत अवस्थामा भेटिएका फुर्वाको हत्या आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले हत्या गरेको स्वीकार गरेका छन् ।

अदालतबाट म्याद थप गरि ज्यान सम्बन्धि कसुर मुद्धामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट