१७ श्रावण २०७७, शनिबार

भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आउनुभएका उपसचिव सञ्जेलमाथि आज कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो ।
उनीहरु दुबै करारका कर्मचारी हुन् । कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक उपरीक्षक सन्तोष खड्काले कुटपिट गर्ने कर्मचारी र सञ्जेलको विवादबारे बुझ्ने काम भइरहेको बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट